इटहरी । सुनसरीको इटहरीमा दुर्घटना भएको छ । इटहरी १७ मा भएको मोटरसाईकल दुर्घटनामा मोटरसाईकल चालक भोजपुरको पात्लेपानी गाउँपालिका ५ का कौशल राईको मृत्यु भएको हो ।
आज बिहान राती पौने २ बजेको समयमा पुर्वबाट पश्चिम जाँदै गरेको वानटेष्ट मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका राईको बिराट नरसिङहोममा उपचारको क्रममा बिहान सवा ३ बजे मृत्यु भएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।






















