सुनसरी हरिनगर गाउँपालिका स्थित भुटाहामा एक नावालकको घरमा राखेको पानीको बाल्टिनमा डुवेर मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय हरिनगराका अनुसार भुटाहाका नौसाद अन्सारीको एक वर्षिय नाबालक छोराको खेल्ने क्रममा बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो ।
बालक खेल्ने क्रममा पानीले भरिएकोे बाल्टिन छेउमा जाँदा बाल्टिनमा पसी डुबी रहेको अवस्थामा परिवारका मानिसले नाबालकलाई फेला पारे लगतै उपचारार्थ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगतै प्रहरी चौकी भुटाहाबाट टोली खटि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।






















