तिन दिन देखीको हिमपात र वर्षाले कतै पीडा, कतै खुसी
काठमाडौं । शुक्रबार बिहानबाट सुरु भएको हिमपातले कतै पीडा दिएको छ भने कतै खुसी मिलेको छ। जिल्लाका उच्च पर्यटकीय क्षेत्रमा बाक्लो हिमपात भएपछि हिउँको आनन्द उठाउने आन्तरिक पर्यटकको संख्या बढेको छ। त्यस्तै हिउँदेबालीका लागि राम्रो सिँचाई पुगेपछि कृषक खुसी छन्।
भोजपुरको ‘भेडेटार’ भनेर चिनिने ‘सुन्तलेडाँडा’ र एकसय पर्यटकीय नयाँ गन्तव्यमा सूचीकृत टेम्केडाँडामा आन्तरिक पर्यटकको संख्या बढेको हो। वर्षौप...











