प्रहरीले बरामद सामान विराटनगर भन्सारलाई बुझायो
विराटनगर, १९ साउन ।
प्रहरीले विभिन्न समयमा बरामद गरेका सामान आइतबार आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुका अनुसार भारतबाट भन्सार छल्दै तस्करी गरेर ल्याइएका सामान नियन्त्रणमा लिएर भन्सार बुझाइएको हो । गत बिहीबार विराटनगर महानगरपालिका–६ केशलिया नहरबाट बरामद भएको ८४ हजार रुपैयाँ बराबरको कपडा र किराना सामान भन्सार बुझाइएको छ । त्यस...






