नेपालको पर्वतीय पर्यटन (पर्वतारोहण) सुधार सुझाब समितिले सगरमाथा आरोहण गर्न आउने विदेशीले निश्चित रकम नेपाल पठाएपछिमात्र अनुमति दिनुपर्ने सुझाव दिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा जेठ २४ मा गठित समितिले सरकारलाई उक्त सुझाव दिएको हो।

समितिले सगरमाथा हिमालका न्यूनतम् ३५ हजार र ८ हजार मिटरमाथिका अन्य हिमालका लागि न्यूनतम् २० हजार अमेरिकी डलर एकजना आरोहीले एजेन्सीका नाममा पठाएको बैंक विवरण पेश गरेपछि मात्र अनुमति लिन सक्ने व्यवस्था गर्न सुझाव दिएको हो।

अहिले विदेशबाट आउने आरोहीले नेपालमा खासै पैसा खर्च नगर्ने प्रचलन बढ्दै गएको छ। यही कारण सगरमाथामा संख्या बढेपनि राजस्व बढ्न नसकेको समितिको ठहर छ।

यसरी तोकिने खर्चको सीमा २∕२ वर्षमा परिमार्जन गर्दै जानुपर्ने समितिले सरकारलाई सुझाव दिएको छ

त्यस्तै समितिले ८ हजार मिटर माथिका हिमाल आरोहण व्यवस्थापनको जिम्मा निश्चित संख्यामा आरोहण अभियान सञ्चालन गरेपछि मात्र दिने वा कम्पनी स्थापना भई आरोहणका कार्य व्यवस्थापन गर्न थालेको तेस्रो वर्ष पछि मात्र गर्न दिन पनि सुझाव दिएको छ।

 

तपाईको प्रतिक्रिया