इटहरी / जंगली हात्तीको आक्रमणबाट इटहरीमा एक युवकको मृत्यु भएकाे छ ।  इटहरी उपमहानगरपालिका २ स्थित बुढासुब्बा चोक नजिकै घर भएका  रविन खड्काकाे बुधबार राति करिब साढे ९ बजेतिर हात्ती धपाउने क्रममा जंगली हात्तीले आक्रमणबाट मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।  स्थानीयहरूका अनुसार  दैनिक ठुलाे संख्यामा हात्ती आउने गरेको र हात्ती धपाउन हरेक वर्ष  रातभर जाग्राम बस्नुपर्ने  बताएका छन् ।

तपाईको प्रतिक्रिया