नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया