काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयको नाम नेपालीकरण गर्न विद्यालयलाई एक महिनाको समय दिएको छ।
बिहीबार सूचना जारी गरी महानगरले नेपालीमा नाम राख्न निजी विद्यालयलाई एक महिनाको समय दिएको हो।
नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्न प्रक्रिया अघि बढाएर एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शिक्षा विभागमा निवेदन पेश गर्न सबै विद्यालयलाई विभागले आग्रह गरेको छ।