देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार काठमाडौं उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेको हो ।

वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरको बिहान १०ः०५ बजेको रेकर्डअनुसार काठमाडौंको प्रदूषणको दर १९८ मापन गरिएको छ । जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ ।

विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको दोस्रो स्थानमा पाकिस्तानको लाहोर रहेको छ । त्यहाँ प्रदूषण तह १८० रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा ठुलो वर्षा हालसम्म नभएका कारण प्रदूषणको तह घट्न सकेको छैन ।

तपाईको प्रतिक्रिया