बझाङमा नेकपा एमालेका दमन भण्डारी विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६६ मतले पछि पार्दै विजयी हासिल गरेका हुन्। एमालेका दमन भण्डारी ११ हजार ६१२ मतसहित निर्वाचन भएका हुन्।

बझाङमा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दल एक्ला एक्लै निर्वाचनमा होमिएका थिए। भण्डारीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सिंहले ११ हजार ३४६ मत प्राप्त गरे।

यसैगरी माओवादी केन्द्रका जनक बुढाले  ३ हजार ८३१ मत प्राप्त गरे। एकीकृत समाजवादीले २ हजार ५१४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उनी नेकपा एमाले बझाङ जिल्ला कमिटी अध्यक्षसमेत रहेका भण्डारी प्रदेश सभा (क)मा विजयी भएका हुन्।

यस अगाडि प्रदेश सभा (क) मा २०७९ को निर्वाचनमा कांग्रेसका पृथ्वी बहादुर सिंह विजयी भएका थिए। तत्कालीन गठबन्धनका साझा उम्मेदवार बनेका सिंहले नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई ३ हजार ७७६ मतान्तरले पराजित गर्दै विजयी भएका थिए। पृथ्वीको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो।

तपाईको प्रतिक्रिया