नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। आज १ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य  १ लाख ४५ हजार रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल एक तोला सुनको मूल्य १ लाख ४५ हजार कायम हो। बिहीबार सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन तोलाको १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसैगरी  चाँदीको मूल्य पनि बढेको छ। चाँदी  ५० रुपैयाँले बढेर प्रतितोला १ लाख ९०० सय रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया