जङ्गलमा लगेर श्रीमती ह’त्या गर्ने खत्रीलाई ३ लाख क्षतिपूर्तिसहित जन्मकै’दको सजाय, प्रेमा र दर्शनले सात वर्षअघि प्रेम विवाह गरेका थिए ।
सुर्खेत जिल्ला अदालतले श्रीमती प्रेमा वलीको ह’त्या अभि’योगमा दो’षी ठ’हर भएका श्रीमान् दर्शन खत्रीलाई ज’न्मकैदको स’जाय सुनाएको छ। न्यायाधीश बसन्तराज जोशीको एकल इजलासले उक्त फैस’ला सुनाएको हो। अदालतका सूचना अधिकारी उज्वल रावलका अनुसार खत्रीलाई ३ लाख रुपैयाँ क्ष’तिपूर्ति भराउन समेत आदेश दिइएको छ। घ’टना २१ वैशाख २०८२ मा भेरीगंगा नगरपालिका–१२स्थित झिगेनारा खोलामा २६ वर्षीया प्रेमा वलीको श’व फेला परेपछि सार्वजनिक भएको थियो। प्रहरी अनुसन्धानबाट नेपाली सेनामा कार्यरत २८ वर्षीय दर्शन खत्रीले बिदामा घर आएका बेला प्रेमालाई छिन्चु बजारमा बोलाएर जंगलतिर लगेका र वि’वादपछि ह’त्या गरेको खुल्न आएको थियो।

तपाईको प्रतिक्रिया