लेटाङ । मोरङको लेटाङ नगरपालिका–५ स्थित मोरङे खोला डिल क्षेत्रमा हराएका ३० वटा बाख्रामध्ये १० वटा मृत अवस्थामा फेला परेका छन् भने २० वटा केही बिरामी अवस्थामा भेटिएको स्थानीयले बताएका छन्। आज बिहान उक्त क्षेत्रमा बाख्राहरू फेला परेको हो।
खेरुवा ५ आर्मी क्याम्प नजिकैबाट वैशाख १४ गते चरनका लागि जंगलतर्फ लगिएका बाख्रा साँझसम्म घर नफर्किएपछि खोजी कार्य सुरु गरिएको थियो। लामो समयसम्म सम्पर्कविहीन बनेपछि स्थानीय, प्रहरी तथा बाख्रा धनीले विभिन्न क्षेत्रमा खोजी गरेका थिए। बिरामी अवस्थामा भेटिएका बाख्राहरूको उपचारको तयारी भइरहेको जनाइएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















