सुन्दरहरैचा/ गत भदौ १० गते रसुवाको टिमुरेमा आएको भीषण बाढीका कारण बेपत्ता भएका इटहरीका दुर्गा प्रसाद पोखरेलको लामो समयसम्म खोजी गर्दा पनि अवस्था पत्ता लाग्न नसकेपछि हिन्दु धर्मशास्त्रीय विधिअनुसार कुशको शव बनाएर इटहरीस्थित बुढीगंगा घाटमा अन्त्येष्टि गरिएको छ।

रसुवा अध्यागमन बिभागमा कार्यरत उनको अकल्पनीय प्राकृतिक विपत्तिमा गुमाउनुपरेको भन्दै परिवारजन शोकमा डुबेका छन्। बुढीगंगामा गरिएको अन्त्येष्टिमा आफन्तजन तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

परिवारजनले पोखरेलको दिव्य आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकसन्तप्त परिवारलाई यस अत्यन्तै पीडादायी घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै आफन्त तथा शुभेच्छुकहरूले गहिरो समवेदना व्यक्त गरेका छन्।उहाँ प्रती हार्दिक श्रद्धाञ्जली 🙏

तपाईको प्रतिक्रिया