मोरङ । मोरङको बुढीगंगा गाउँपालिकाले नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा गाउँपालिकावासीसहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेको छ।

गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले दसैँ, तिहार तथा छठ पर्वको पावन अवसरमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका हुन्।

अध्यक्ष थापा मगरले चाडपर्वले आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सहिष्णुता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सबैलाई हर्षोल्लासका साथ चाडपर्व मनाउन आग्रह गरेका छन्।

उनले नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई जोगाउँदै चाडपर्व मनाउनुपर्नेमा जोड दिएका छन्। साथै, दसैँले परिवार, समाज र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आपसी मेलमिलाप र सद्भाव कायम गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

बुढीगंगा गाउँपालिकाले गाउँपालिकाको समग्र विकास, समृद्धि र नागरिकको सुखद जीवनका लागि सबैको साथ, सहयोग र एकताको अपेक्षा गर्दै सम्पूर्ण गाउँपालिकावासीमा बडादसैँ, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया

rumpum-750px (1)
rumpum-750px (1)