विराटनगर । नेपाली कांग्रेसको कोशी प्रदेशअन्तर्गत मोरङ जिल्ला उपसभापति पदमा महिला तर्फबाट बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी गच्छदार उम्मेदवार बन्नुभएको छ।
बुढीगंगा गाउँपालिकाको उपाध्यक्ष पदमा दुई कार्यकाल पूरा गर्दै आउनु भएकाे गच्छदार नेपाली कांग्रेसको जिल्ला नेतृत्वमा महिला प्रतिनिधित्वका लागि अघि बढ्नुभएको हो।
गच्छदारलाई अत्यधिक बहुमतका साथ विजयी गराउन माेरङका नेपाली कांग्रेसका प्रतिनिधिलाई अपिल गरिएको छ। उहाँको उम्मेदवारीलाई समर्थन गर्दै पार्टीलाई अझ बलियो बनाउन तथा संगठनको विजय सुनिश्चित गर्न मतदान गर्न आग्रह गरिएको छ।
‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ नेपाली कांग्रेसको मूल आदर्श रहेको उल्लेख गर्दै गच्छदारको उम्मेदवारीसँगै मोरङ जिल्लामा पार्टी संगठनलाई थप सुदृढ बनाउने लक्ष्य अघि सारिएको छ।
नेपाली कांग्रेसको जित, समृद्ध कोशी प्रदेशको निर्माण’ भन्ने नारासहित गच्छदारलाई अत्यधिक बहुमतले विजयी गराउन आह्वान गरिएको छ।















