प्रेमिका भेट्न नदिएएको निहुँमा कृष्णकुमारको हत्या, पाँच जना पक्राउ
विराटनगर । सिरहा गोलबजार नगरपालिका–१३ स्थित डंगराहाका २१ वर्षीय कृष्णकुमार महराको हत्या आरोपमा प्रहरीले उनका पाँच जना साथीलाई पक्राउ गरेको छ ।
असोज २८ गते साँझ सुखीपुर नगरपालिका– १० स्थित गागन खोलाको किनारमा शरीरको कम्मरभन्दा माथिको भाग बालुवाले छोपेको अवस्थामा महाराको शव भेटिएको थियो । घटनापछि अनुसन्धान सुरु गरेको प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
सिरहाका प्रहरी प्रवक्ता डिएस...