ईन्सेकको वर्ष पुस्तक सार्वजनिक

ईन्सेकको वर्ष पुस्तक सार्वजनिक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ ले हिजो नेपाल मानवअधिकार वर्ष - २०२१ पुस्तक सार्वजनिक गर्दै प्रदेश १ मा सन् २०२१मा ६७ जनाको हत्या भएको तथ्याँक सार्वजनिक गरेको हो।   सन् २०२०मा प्रदेश १ मा ८२ जनाको हत्या भएको थियो। प्रदेश १ मा सन् २०२१ मा ९ सय १९ जना मानवअधिकार उलङ्घन तथा ज्यादतीका घटनामा पीडित भएका छन्। इन्सेक प्रदेश १ का प्रलेख अधिकृत पुन्य पी अधिकारीले प्रदेश १ को मान...

लाइफगार्ड अस्पताल बाहिर तनाबपूर्ण स्थिति

लाइफगार्ड अस्पताल  बाहिर तनाबपूर्ण स्थिति
विराटनगरको लाइफगार्ड अस्पतालमा उपचाररत बिरामीको मृत्यु पछि तनाबग्रष्ट स्थिति बनेको छ। दुर्घटनापछि उपचारका लागि ल्याइएका सुनसरीको बर्जु गाउँपालिका–१ का २२ वर्षीय धनि उरावको बिहिबार विहान मृत्यु भएको थियो । बुधबार राति भर्ना गरिएका विरामीको उपचारका क्रममा बिहिबार मृत्यु भएको थियो । अस्पतालको लापरवाहीका कारण विरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले यतिबेला प्रदर्शन गरिरहेका छन् । उनीहरुले उपच...

म्याङलुङ बजारमा आगलागी

म्याङलुङ बजारमा आगलागी
तेह्रथुम — सदरमुकाम म्याङलुङ बजारमा मंगलबार बिहान आगलागी हुँदा एक घरमा आगलागी भएको छ । स्थानीय शिवकुमार लिम्बुको घरमा बिहान ६ बजे आगलागी भएको हो । आगलागीमा परी सोही घरमा डेरा लिएर बस्दै आएका म्याङलुङ नगरपालिका–१ का अर्जुन अधिकारीको भाँडाकुँडा, लत्ताकपडा, अन्नपात, गरगहना लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय तेह्रथुमले जनाएको छ । घर पूर्णरुपमा जलेर नष्ट भएको छ । नेपाली सेना...

एमसीसी चाहिँदैन भन्दै सुनसरीमा प्रदर्शन

एमसीसी चाहिँदैन भन्दै सुनसरीमा प्रदर्शन
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट जनवर्गिय संगठनहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्ध सुनसरीको इनरुवामा विरोध प्रदर्शन गरेका छन् । नेकपा एस निकट जनवर्गिय संगठनहरुले 'एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्ने नारा लगाउँदै सडकमा"बिरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनपछि भएको कोणसभालाई सम्बोधन गर्दै पार्टी निकट विद्यार्थी संगठन् अनेरास्ववियूका केन्द्रीय सचिव...

दही, घ्यू, पनीरको पनि मूल्य बढ्यो

दही, घ्यू, पनीरको पनि मूल्य बढ्यो
दूधको मूल्य वृद्धि भएसँगै दूधजन्य पदार्थको भाउ बढेको छ। दूधजन्य पदार्थमा पाँच रूपैयाँदेखि एक सय रूपैयाँसम्म मूल्य बढेको निजी डेरी उद्योगीहरूले बताएका छन्। डेरी उद्योगीको छाता संगठन नेपाल डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले संयुक्त रूपमा मूल्य बढाएको हो। नयाँ मूल्यअनुसार अब उपभोक्ताले एक किलो पनीरको आठ सय ३० रूपैयाँ तिर्नुपर्छ। यसअघि पनीरको किलोको सात सय ५० रूपैयाँ थियो। दूधको मूल्य वृ...

बिराटनगरको लाईफ गार्ड हस्पिटलमा आधुनिक प्रबिधिको सिटी स्क्यान मेसिन जडान

बिराटनगरको लाईफ गार्ड हस्पिटलमा आधुनिक प्रबिधिको सिटी स्क्यान  मेसिन जडान
बिराटनगर। बिराटनगर स्थित लाइफ गार्ड हस्पिटल प्रा लि मा आधुनिक प्रबिधिको सिटी स्क्यान मेसिन जडान गरि सेवा प्रारम्भ गरिएको छ। सोमबार अस्पतालमा आयोजित कार्यक्रममा उक्त मेसिनको उद्घाटन प्रदेश न १ का स्वास्थमन्त्री जयराम यादवले गरेका हुन्। जी कम्पनीको आधुनिक सुबिधायुक्त मेसिनबाट स्कान गर्दा शरीरमा अरु सिटी स्क्यान मेसिनको तुलनामा ४० % रेडीएसन कम हुने तथा तुरुन्तै स्क्यान हुने भएकोले समय कम लाग्न...

सडक विस्तार गर्न दुहवीमा घर–टहरा भत्काउन थालियो

सडक विस्तार गर्न दुहवीमा घर–टहरा भत्काउन थालियो
दुहबी। लामो समय देखि विवादमा रहेको विराटनगर–धरान सडक खण्ड अन्तर्गत सुनसरीको दुहवी बजारको मुख्य भागदेखि उत्तर र दक्षिणतर्फका घरटहरा भत्काउन थालिएको छ । नगरपालिकाले बजार क्षेत्रसँगै आसपासको जग्गा खाली गर्न दिएको अन्तिम समय शुक्रबारबाट सकिएपछि शनिबारदेखि घरटहरा भत्काउन थालिएको हो । जग्गा खाली गर्ने क्रममा स्थानीयवासीले अवरोध गर्ने प्रयास गरेपछि वडा नं. ५ र ६ का वडा अध्यक्षले नेतृत्व गरेर प्रहरीको ...

माघ १ गतेबाट विराटनगरका विद्यालय बन्द हुँदै

माघ १ गतेबाट विराटनगरका विद्यालय बन्द हुँदै
विराटनगर । विराटनगर महानगरपालिकाका विद्यालय पुष २७ गतेबाट बन्द हुने भनिएको विराटनगरका विद्यालय माघ १ बाट बन्द हुने भएको छ । यस अघि बढ्दै गएको कोरोना माहामारीको जोखिमबाट विद्यार्थीलाई संक्रमण हुनबाट बचाउने हेतुले संघिय सरकारले विराटनगरका विद्यालय पुष २७ गतेदेखि बन्द गर्ने निणर्य गरेको थियो । संघिय सरकारले गरेको निणर्य पूर्व विद्यालयहरुले परिक्षाको कार्यसुचना प्रकाशित गरेका कारण विद्यालय १ गतेबाट बन...

नोवेल शिक्षण आन्दोलनले सशक्त रुप लिदै

नोवेल शिक्षण आन्दोलनले सशक्त रुप लिदै
विराटनगर । नोवेल शिक्षण अस्पतालमा केही समयदेखि भइरहेको विद्यार्थी आन्दोलनले सशक्त रुप लिएको छ । नोबेलमा अध्ययनका लागि भर्ना हुने तयारीमा रहेका विद्यार्थीको आन्दोलनलाई विभिन्न संघसंगठनले समर्थन गर्दै आन्दोलनलाई थप सशक्त पार्दै गएका हुन् । विद्यार्थीहरुले शिक्षण अस्पताल प्रवेशद्वार अगाडि टायर बालेर अतिरिक्त शुल्क विरुद्ध प्रदर्शन गरेका छन् । मेडिकल कलेजका संचालक शुनिल शर्माले अतिरिक्त शुल्क नतिर्ने ...

इटहरी कांग्रेसको माग : एक परिवार एक नमुना पिसिआर

इटहरी कांग्रेसको माग : एक परिवार एक नमुना पिसिआर
कोरोना भाइरस संक्रमणको नियन्त्रणको लागि नेपाल सरकारले गरेको लकडाउन अन्त्य गरेसँगै समुदायस्तरमा कोरोना संक्रमितको दर बढ्दो छ । नेपाली कांग्रेस इटहरीले कोरोना भाइरस समुदायमा फैलिएको आशंका भएकाले यसको नियन्त्रण तथा रोकथामका लागि इटहरी शील गरि लकडाउन गर्न माग गरेको छ । इटहरी काँग्रेसका सभापति हेमकर्ण पौडेलले आज एक प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाइरस संक्रमणको चपेटामा इटहरीबासी परेको र इटहरीबास...