विराटनगरको लाइफगार्ड अस्पतालमा उपचाररत बिरामीको मृत्यु पछि तनाबग्रष्ट स्थिति बनेको छ।
दुर्घटनापछि उपचारका लागि ल्याइएका सुनसरीको बर्जु गाउँपालिका–१ का २२ वर्षीय धनि उरावको बिहिबार विहान मृत्यु भएको थियो ।

बुधबार राति भर्ना गरिएका विरामीको उपचारका क्रममा बिहिबार मृत्यु भएको थियो । अस्पतालको लापरवाहीका कारण विरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले यतिबेला प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले उपचारमा संलग्न चिकित्सकलाई कारबाही र क्षतीपूर्तीको माग गर्दै सडकमा टायर बालेर प्रदर्शन र नाराबाजी गरिरहेका छन् । मृतकका आफन्त आन्दोलनमा उत्रिएपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

तपाईको प्रतिक्रिया