विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको विराटनगरको दक्षिणी भेगको जनतासँग भनाभन भएको छ । चार वर्षदेखि डुवानमा पर्दै आएको मिल्स एरियाको समस्या समाधानको लागि आलटाल गरेको भन्दै स्थानिय मेयरलाई घेरेर सबाल- जबाफ गरेका हुन् ।

विराटनगर महानगरपालिका -१६ स्थित दुर्गा मन्दिरको सामुदायिक भवन उद्घाटनको लागि पुगेका पराजुलीलाई स्थानियले डुबान समस्याको बारेमा जानकारी माग्दै घेरेका हुन् । विराटनगर धरान ६ लेन सडक बनाउँदा विभिन्न स्थानमा भएको कल्भर्ट हटाएर नयाँ नबनाएको कारण अहिले त्यो क्षेत्रमा डुवान हुने गरेको छ । छ लेन सडकले पानीको निकास बन्द भएपछि मिल्स एरियाले डुबानको समस्या भोग्दै आईरहेको छ ।

 

आक्रोशित स्थानीयले घेराउ गरेपछि मेयर पराजुलीले फेरी आवश्वसन दिएर उम्किएका थिए । चार वर्ष सम्म बाढी र डुवानको समस्या बारे चासो नदिइ वेवास्ता गर्दै आएका पराजुलीले डुवानको समस्या समाधान गर्न चार दिनको समय मागेर हिडेका छन् । मेयर पराजुलीले सो स्थानमा कल्भर्ट बनाएर डुवानको समस्या समाधान गर्ने प्रतिबद्धता फेरी दोहोर्याउँदै यसका आजबाट विभिन्न निकायमा फलोअप सुरु गर्ने बताएका थिए ।

सो कार्यक्रममा सहभागी हुन पुगेका नेपाली काँग्रेसका विराटनगर महानगर सभापति दीपक चापागाईले मेयरको हातमा केही गर्ने सामर्थ्य नभएको स्विकार गरे। उनले आफु बस्ने बरगाछी क्षेत्र पनि हरेक बर्षायाममा डुबानमा पर्ने गरेको र आफ्नो पार्टीको मेयर भए पनि केही समाधान निकाल्न नसकेको भन्दै लाचारी प्रकट गरेका थिए ।

तपाईको प्रतिक्रिया