इटहरीमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु

इटहरीमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु
इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार दिउँसो १ः१० बजेतिर इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको हो । मृतक व्यक्ति अन्दाजी ४० वर्षका पुरुष हुन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीका अनुसार मृतक व्यक्तिको पहिचान भइसकेको छैन । इटहरी ६ स्थित विराटनगर जा...

अरिङ्गालले टोकेर युवकको मृत्यु

अरिङ्गालले टोकेर युवकको मृत्यु
गुल्मीमा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ । अरिङ्गालले टोकेर रुरुक्षेत्र गाउँपालिका‐२ यादुङका ३५ वर्षीय हरि कुँवरको आज मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार केसीका अनुसार बिहीबार राति घर नजिकै बारीको छेउमा सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा कुँवरलाई टोकेको हो । अरिङ्गालले टोकेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाल्पास्थित मिसन अस...

एकै घरका तीन जनामा हैजा सङ्क्रमण

एकै घरका तीन जनामा हैजा सङ्क्रमण
प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । उनीहरू एउटै परिवारका रहेका छन् । गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित भएका गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए । तीनै जनालाई झाडापखाला लागेपछि उनीहरूको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । ‘जिल्ला अस्पतालमा...

डिस्चार्ज भए जहाज दुर्घटनामा घाइते भएका पाइलट शाक्य

डिस्चार्ज भए जहाज दुर्घटनामा घाइते भएका पाइलट शाक्य
सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनीषरत्न शाक्यलाई डिस्चार्ज भएको छ । केएमसी अस्पताल उपचाररत शाक्य बिहीबार राति ९ बजेतिर शाक्य डिस्चार्ज भएका हुन् । घाइते अवस्थामा फेला परेका क्याप्टेन शाक्यको नाक, आँखामा चोट थियो । करङ र मेरूदण्डमा समेत असर पुगेको थियो । तर उनको ठूलो शल्यक्रिया गर्नु नपरेको अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले जानकारी दिइन् । साउन ९ गते बिहान त्रिभुवन...

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण
कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । शुक्रवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो । गत वैशाख १४ गतदेखि २४ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भएका थिए । सार्वजनिक नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै, ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण ) भएका छन् । प...

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशनको लागि अहिले बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । १० बजे बस्ने बोर्ड बैठकले आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरेपछि मात्रै नतिजा प्रकाशन हुने भएको छ ।   बोर्डले प्राविधिक त्रुटि वा केही भइपरी नआएमा आजै नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । गत वैशाख १४ गतेबाट सञ्चालित ...

पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा सुनसरीका कार्कीसहित दुईजनाको मृत्यु

पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा सुनसरीका कार्कीसहित दुईजनाको मृत्यु
झापाको हल्दिबारीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो। जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार मोटरसाइकल चालक हल्दिबारी गाउँपालिका–५ का ३१ वर्षीय प्रेम प्रसाईँ र सुनसरीको बराक्षेत्र नगरपालिका–१० प्रकाशपुरका डिकेस कार्कीको मृत्यु भ...

सौर्यका पाइलट डिस्चार्जको तयारीमा, भन्छन्– पुनर्जन्म पाएँ

सौर्यका पाइलट डिस्चार्जको तयारीमा, भन्छन्– पुनर्जन्म पाएँ
दुर्घटनामा परेको सौर्य एयरका पाइलट मनिषरत्न शाक्य उपचारपछि डिस्चार्जको तयारीमा रहेका छन् ।  उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्जको तयारी गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा उनलाई भेट्न बिहीबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, सांसदसमेत रहेका केएमसी अस्पतालका सञ्चालक सुनील शर्मालगायतको टोली पुगेको थियो । टोलीसँगै पत्रकारसँग कुरा गर्दै अस्पतालकी डाइरेक्टर डा. मीना थापाले घाइते शाक्...

बाढी, पहिरोमा परी हालसम्म १४५ जनाको मृत्यु, १७४ जना घाइते

बाढी, पहिरोमा परी हालसम्म १४५ जनाको मृत्यु, १७४ जना घाइते
अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी बुधबारसम्म एक सय ४५ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौं उपत्यकामा दुईजना, कोशी प्रदेशमा २४ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली...

राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा सांस्कृतिक पहिरन लगाउन मिल्ने

राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा सांस्कृतिक पहिरन लगाउन मिल्ने
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएर फोटो खिचाउन कुनै बाधा नभएको स्पष्ट पारेको छ । सिन्दूर, पोते र टीका हटाएर फोटो खिचाउन लगाइएको भन्दै आलोचना भएपछि विभागले सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र इकाई रहेका सबै र राष्ट्रिय परिचयपत्र इकाइलाई पत्राचार जारी गरी राष्ट्रिय परिचयपत्रको जैविक व...