सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनीषरत्न शाक्यलाई डिस्चार्ज भएको छ । केएमसी अस्पताल उपचाररत शाक्य बिहीबार राति ९ बजेतिर शाक्य डिस्चार्ज भएका हुन् ।

घाइते अवस्थामा फेला परेका क्याप्टेन शाक्यको नाक, आँखामा चोट थियो । करङ र मेरूदण्डमा समेत असर पुगेको थियो । तर उनको ठूलो शल्यक्रिया गर्नु नपरेको अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले जानकारी दिइन् ।

साउन ९ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । सोही घटनामा शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरेर केएमसी लगिएको थियो ।

तपाईको प्रतिक्रिया