श्रीमतीको हत्या गरी श्रीमान फरार
रुकुम पूर्वमा श्रीमानले आफ्नै श्रीमतीको घाँटी रेटेर हत्या गरेका छन् । भूमे गाउँपालिका-६ तमारीका २७ वर्षका दामे भनिने जीवन ओलीले आफ्नै श्रीमती २५ वर्षकी अप्सरा ओलीलाई खुकुरीले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरी भट्टराईले जानकारी दिएका छन्।
ओलीले शुक्रबार राती श्रीमतीको घाँटी रेटेर हत्या गरी घरदेखि सय मिटरको दुरीमा रहेको खोल्सामा फा...