८९ किलो गाँजासहित पर्साबाट चार भारतीय पक्राउ
पालबाट भारततिर लैजाँदै गरिएको ८९ किलो गाँजासहित पर्सा प्रहरीले चार जना भारतीयलाई पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिका २५ स्थित ड्राइपोर्ट बहुअरी सडकखण्डबाट बिआर २८ जी २७७० नम्बरको बलेरो गाडीसहित चार जना भारतीयलाई मंगलबार पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।
राठौरका अनुसार पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला विसनपुर वडा नम्बर ३ का ३१ वर्षीय नुर मोहम्मद हुसेन, ...











