मोरङ कारागारमा पथरीशनिश्चरेका कैदीको मृत्यु
विराटनगर । मोरङ कारागारमा कर्तव्य ज्यान मुद्दामा १० वर्षको कैद सजाय भुक्तान गरिरहेका ६६ वर्षीय हर्कजंग लिम्बुको आज (बिहीबार) बिहान मृत्यु भएको छ। कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा उनको मृत्यु भएको हो । मोरङ, पथरीशनिश्चरे नगरपालिका–५ घर भएका लिम्बु २०८० साउन २८ गतेदेखि कैदमा थिए ।
मोरङ कारागारका जेलर गौरव ढुँगेलका अनुसार लिम्बुलाई गत असोज ७ गते शरीर सुन्निने र छाती दुख्ने समस्या देखिएको थिय...











