डा. शेखर कोइरालाले गरे प्रदेश १ का जनप्रतिनिधिहरुसंग छलफल
विराटनगर /राजनितिमा दरिलो छवी बनाउदै आएका नेपाली कांगेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रदेश १ का जनप्रतिनिधिसंग कोइराला निवास विराटनगरमा छलफल गरेका छन् । प्रदेश १ का विभिन्न स्थानीय तहमा कांग्रेसका तर्फबाट विजयी भएका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरुसंग निवासमा समसामयिक राजनीतिको विषयमा छलफल गरिएको हो ।
छलफलमा महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहर...










