उपसभामुख शिवमाया तुम्बाहाङ्फे बालुवाटार पुगेकी छन्। आइतबार मध्यान्ह प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएपछि उपसभामुख तुम्बाहाङ्फे बालुवाटार गएको उनको सचिवालयले जनाएको छ।

नेकपा सचिवालय बैठकले शनिबार सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउन उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन लगाउने निर्णय गरेको थियो। सचिवालय बैठकलाई चुनौती दिँदै तुम्बाहाङ्फेले सभामुखको टुंगो नलागेसम्म आफूले राजीनामा नदिने प्रतिक्रिया दिएकी थिइन्।

संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते पदबाट राजीनामा दिएपछि प्रतिनिधि सभाको सभामुख पद रिक्त रहेको छ।

तपाईको प्रतिक्रिया