तीन नम्बर प्रदेशको राजधानी हेटौंडा र नाम वाग्मती तोकिएको छ । आइतबार ३ नम्बर प्रदेशसभाको बैठकले राजधानी र नामको टुंगो लगाएको हो । हेटौंडामा भएको प्रदेशसभाको बैठकमा प्रदेश सरकारले राजधानी हेटौंडा राख्ने विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच एकमत भएका थिए ।

प्रदेश ३

प्रदेशको नाममा एउटा मात्र प्रस्ताव वागमती दर्ता भएको थियो । कांग्रेस संसदीय दलका नेता ईन्द्र बाँनियाले राखेको प्रस्तावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाल, विवकेशील साझाका रमेश पौड्याल र शोभा शाक्य, राप्रपाकी रीना माझी र राप्रपा संयुक्तकी रीना गुरुङ समर्थन गरेका थिए ।

नामको तोकिदा प्रस्तावको पक्षमा १०८ मत परेको छ भने विपक्षमा मत परेन । स्थायी राजधानीमा हेटौंडा कायम गर्ने प्रस्ताव भने दुई तिहाई बढी बहुमतबाट पास भएको हो । मुख्यमन्त्री डोरमणि पौडेलले दर्ता गरेको प्रस्तावमा कांग्रेसका बाँनियासँगै राप्रपाकी माझी र राप्रपा संयुक्तकी गुरुङ समर्थक थिए ।

स्थायी राजधानी हेटौंडा बनाउने प्रस्तावको पक्षमा १०५ मत मात्र परेको छ । त्यस्तै विपक्षमा ३ मत परेको छ । मत विभाजनपछि सभामुख सानुकुमार श्रेष्ठले मत परिणाम सुनाउँदै हेटौँडा राजधानी दुई तिहाई बहुमतले स्वीकृत भएको घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया