दुबईमा निधन भएका लेटाङका पौडेलको शव १७ दिनपछि घर आइपुग्यो
लेटाङ। मोरङको लेटाङ(९ जाँते निवासी ३९ वर्षीय डोलेश्वर पौडेलको शव १७ दिनपछि अन्ततः आफ्नै घर आइपुगेको छ। रोजगारीको खोजीमा टुरिस्ट भिसामा दुबई गएका पौडेलको २०८१ भदौ ५ गते राति सुतेकै अवस्थामा मृत भेटिएको थियो। तर, उनको शव नेपाल ल्याउन झण्डै दुई साताको समय लाग्यो, जसले प्रवासमा रहेका नेपालीहरूको जीवन र चुनौतीहरूको यथार्थलाई पुनः उजागर गरिदिएको छ।
पौडेल तीन महिना अघि रोजगारीका लागि दुबई गएका थिए, तर य...