सुनसरीमा टीकाको दिन मोटरसाइकल ठक्कर दिएपछि घाइते महिलाको मृत्यु, बालक उपचाररत
इटहरी : सुनसरीको दुहबी नगरपालिका–१२ बुकडहरीस्थित भित्री सडक खण्डमा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएका छन्।
असोज १६ गते साँझ ५ः३० बजेतिर को १२ प ६९ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेका पैदलयात्री ६० वर्षीया मीरा भुजेल र सोही स्थानकी रेनुका भुजेलका छोरा २ वर्षीय मेजेश भुजेललाई ठक्कर दिएको थियो।
दुवैलाई गम्भीर अवस्थामा विराटनगरको नोबेल अस्पताल प...










