मोरङको बूढीगंगामा सडेको अवस्थामा शव फेला
मोरङको बूढीगंगामा सडेको अवस्थामा शव फेला परेकी युवतीको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।बूढीगंगा गाउँपालिका–६ कोयलपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरनजिकको घारीमा शनिबार अपरान्ह ४ बजेतिर सडेर दुर्गन्धित भएको नग्न अवस्थामा युवतीको शव फेला परेको थियो । यद्यपि, मृतकको पहिचान खुलेको छैन ।
अनुहारलगायत शरीरका विभिन्न भागमा किरा परेर कुहिएको अवस्थामा फेला परेको शवको हालसम्म पहिचान हुन नसकेक...










