खोटाङ : नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईलाई पार्टी सदस्यताबाट एक वर्षका लागि निलम्बन गरिएको छ। २०७९ सालमा सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनी निलम्बनमा परेका हुन्।
कांग्रेस केन्द्रीय अनुशासन समितिको २०८२ असार १७ गते बसेको बैठकले राईलाई एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको हो।समितिले कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३४ को उपधारा १ (क), (ख) र (घ) तथा उपधारा ८ (ङ) अनुसार कारबाही गरेको जनाएको छ। निर्णयको जानकारी असार २५ गते पत्रमार्फत राईलाई दिइएको हो।अनुशासन समितिले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको र प्राप्त प्रमाणका आधारमा कारबाही गरिएको समितिको निर्णय पत्रमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया