पाँचथर । पाँचथर जिल्लाको फिदिम नगरपालिका–१ स्थित एक होटलमा जबरजस्ती करणी गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित २१ वर्षीया युवतीले मिति २०८२ साल असार २९ गते बिहान करिब ४ः०० बजे आफूलाई करणी गरिएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।घटनास्थल ‘बाटिका होटल’ मा खटिएको प्रहरी टोलीले तत्कालै कारबाही गर्दै २१ वर्षका विवश खड्का, २६ वर्षका अंकित शर्मा, २१ वर्षका अनिश योङहाङ, २४ वर्षका सजय तामाङ र २३ वर्षका उमेश तामाङ गरी पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया