संसदलाई बन्धक बनाउन पाइँदैन : देउवा
नेकपालाई सभामुख छनोट गर्न समस्या भए आफ्नो पार्टी सभामुख चयन गर्न तयार रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी भित्रको विवादले संसदलाई बन्धक बनाउन नपाइने बताए । नेकपाले सभामुखमा सहमति गर्न नसके आफूलाई दिनुपर्ने उनको भनाइ थियो ।
‘नेकपाले सभामुख चयन गर्न सकेको छैन्,’ उनले भने, ‘उहाँहरू मिल्न सक्नुहुन्न भने हामी...










