काठमाडौं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरीलाई छिट्टै छुटाइने आश्वासन दिएका छन् ।

टीकापुर घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका चौधरीलाई आफूले पक्राउ अघि प्रधानमन्त्री हुँदा भारत नै पुगेर र पक्राउ परेपछि डिल्लीबजार कारगारमै पुगेर पक्राउ गरेको स्मरण गर्दे उनले छिट्टै छुटाउन पहल गर्ने बताए ।

अध्यक्ष प्रचण्डले सभामुख, सरकार र पार्टीलाई भनेर रेशमलाई सपथ गराउन र माननीयको दर्जा दिलाउन पनि भूमिका खेलेको उनको भनाइ छ ।

अहिले पनि सरकारसँग र पार्टीमा टीकापुर घटनाका झुटा मुद्दा खारेज गर्नुपर्छ भनेर बहस गरिरहेको उनले जानकारी दिए । केही समय भित्र रशम छुट्ने उनले बताए ।

माओवादी आन्दोलनमा लागेका सेनाबाट भागेर माओवादी बनेकाहरु समेत जेलमा रहेको भन्दै उनले सबैलाई छुटाउन आफु आन्दोलनमा रहेको उनले बताए ।

नेकपा अध्यक्ष प्रचण्डले आफूले पहिचानको आन्दोलन नछाडेको दाबीसमेत गरे ।

तपाईको प्रतिक्रिया