विराटनगर लकडाउन, शनिबार बिहानैदेखि कडाई
विराटनगर / विराटनगर महानगरपालिका क्षेत्रभित्र पुनः गरिएको ‘लकडाउन’ पालना र कार्यान्वयनका लागि शनिबार बिहानैबाट कडाई गर्ने काम भइरहेको छ । तीव्र रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको ‘लकडाउन’ कार्यान्वयन र पालना गराउने सवालमा निक्कै कठोर कदम चालिने भएको छ । दुई साताका लागि गरिएको ‘लकडाउन’का अवधिमा घरबाट बाहिर निस्किएर हिँडडुल गर्न, बजार पसल खुुल्ला राख्न, सवारी साधन सञ्चालन ग...










