ब्राजिलमा काेराेना संक्रमित संख्या ८ लाख नाघ्याे, ४१ हजारकाे मृत्यु !

ब्राजिलमा काेराेना संक्रमित संख्या ८ लाख नाघ्याे, ४१ हजारकाे मृत्यु !
दक्षिण अमेरिकी मुलुक ब्राजिल पछिल्लाे समय कोरोना भाइरस (कोभिड– १९) महामारीको नयाँ केन्द्र बनेकाे छ । सबैभन्दा बढी संक्रमित रहेकाे संयुक्त राज्य अमेरिकाकाे भन्दा पनि बढी दैनिक मृत्यु र संक्रमणका केस ब्राजिलमा फेला परिरहेका छन् । ब्राजिलमा काेराेना संक्रमित संख्या ८ लाख नाघेकाे छ । बिहीबार ब्राजिलमा एकै दिन ३० हजार ४६५ जनामा संक्रमण पुष्टि भएकाे छ । काेराेना भाइरसकै कारण बिहीबार एक दिनमा १ हजार २...

लिम्पियाधुरा, लिपुलेक र कालापानी सम्बन्धि प्रमाण संकलन गर्न विज्ञ समूह गठन

लिम्पियाधुरा, लिपुलेक र कालापानी सम्बन्धि प्रमाण संकलन गर्न विज्ञ समूह गठन
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी सम्बन्धि प्रमाण संकलन गर्न समिति गठन गरेको छ। बुधबारको मन्त्रिपरिषद् बैठकले प्रमाण संकलनका लागि नीति अनुसन्धान प्रतिष्ठानका  कार्यकारी अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा विज्ञ समूह गठन गरेको हो। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीको संयोजकत्वमा विज्ञ समूह गठन गरेको सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानक...

विदेशमा अलपत्र परेका नेपाली ल्याउने उडान तालिका सार्वजानिक

विदेशमा अलपत्र परेका नेपाली ल्याउने उडान तालिका सार्वजानिक
विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको निर्णयअनुरुप सरोकारवालासँग...

विद्युत् र टेलिकम महसुल छुट कार्यान्वयन गर्न सांसदकाे माग

विद्युत् र टेलिकम महसुल छुट कार्यान्वयन गर्न सांसदकाे माग
राष्ट्रियसभाको आजको बैठकमा सांसदले सरकारले बन्दाबन्दी अवधिमा विद्युत् महसुलमा छुट दिने निर्णय गरेको भए पनि कार्यान्वयनमा नआएको भनी गुनासो गरेका छन् । शून्य समयमा नेपाली कांग्रेसकी तारादेवी भट्टले गत चैत र वैशाखको कूल १५० युनिटसम्म २५ प्रतिशत छुट दिने निर्णय कार्यान्वयन नभएकामा आपत्ति जनाइन् । “आफैँले गरेको निर्णय कार्यान्वयन नहुने यो सरकारको कस्तो निर्णय हो”, उनले भनिन् । यस्तै नेपाल टेलिकमले ग्रा...

कुवेतबाट नेपाली लिएर काठमाडौं ओर्लियो पहिलो जहाज

कुवेतबाट नेपाली लिएर काठमाडौं ओर्लियो पहिलो जहाज
कुवेतमा आममाफी पाएका नेपाली महिलालाई लिएर उडेका दुई जहाजमध्ये पहिलो जहाज काठमाडौं आइपुगेको छ। कुवेतको स्थानीय समयअनुसार बिहान ४ बजे उडेको जजिरा एयरवेजको उडान नम्बर जे९–१५४१ जहाज काठमाडौं आइपुगेको हो। अर्को जहाज साढे १ बजेभित्र आइपुग्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। दुई जहाजमा गरेर जम्मा ३ सय आममाफी पाएका महिला रहेको दूतावासले जनाएको छ। कुवेतमा आममाफी पाएकालाई पहिलो चरणमा स्वदेश फिर्...

पिसिआर परिक्षण नेगेटिभ आएपछि बेलबारीको होल्डिङ एरियाबाट विदा भए १३ जना नगरबासी

पिसिआर परिक्षण नेगेटिभ आएपछि बेलबारीको होल्डिङ एरियाबाट विदा भए १३ जना नगरबासी
बेलबारी । भारतका विभिन्न स्थानबाट स्वदेश फर्किएका १३ जना बेलबारीका बिभिन्न वडाका नगरबासीहरु बेलबारीको होल्डिङ एरियाबाट बिदा भएर घर फर्किएका छन । त्याँहा बसुञ्जेल जनप्रतिनिधि,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र स्थानीय लगायत सबैबाट आफूहरुलाई अत्यन्तै सराहनीय व्यवहार र सहयोगी भुमिका पाएको उनीहरुले बताए । बेलबारी नगरपालिकाले खान,बस्न,सूचना र मनोरञ्जनका निम्ति फ्री वाइफाइ स्वास्थ्य तथा सुरक्षामा उच्च सत...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
सरकारले चैत ११ गतेयता जारी लकडाउन खुकुलो बनाउने भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्ड र गृह मन्त्रालयले तय गरेको सुरक्षा मापदण्ड पूरा गरेर बजार बिहीबारदेखि नै खुला गर्न दिने गरी लकडाउनलाई सहजीकरण गर्दै लैजाने निर्णय गरेको हो। तत्कालका लागि कुनै निर्धारित समयको मोडालिटीका आधारमा भन्दा पनि वस्तुस्थितिला...

एसइई परीक्षा स्कुलबाटै विद्यार्थीको आन्तरिक मूल्यांकन गरिने

एसइई परीक्षा स्कुलबाटै विद्यार्थीको आन्तरिक मूल्यांकन गरिने
यस वर्षको एसइई परीक्षा नगर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । बुधबारको बसेको बैठकले एसइई परीक्षा नलिने निर्णय गरेको हो । विद्यालयहरुले नै आफ्नो आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीहरूको ग्रेड निर्धारण गर्ने निर्णय सरकारले गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पेश गरेको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदले उक्त निर्णय लिएको हो । गत चैत ६ गतेदेखि गर्नुपर्ने कक्षा १० को एसइई परीक...

एसईईबारे छिट्टै निर्णय लिन्छौँः शिक्षामन्त्री

एसईईबारे छिट्टै निर्णय लिन्छौँः शिक्षामन्त्री
शिक्षामन्त्री गिरीराजमणी पोखरेलले कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई मध्येनजर गर्दै स्थगित गरिएको एसईई परीक्षाको बारेमा छिट्टै निर्णय हुने बताएका छन् । मंगलबारको प्रतिनिधि सभामा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पोखरेलले एसईई, कक्षा ११, कक्षा १२ लगायत लकडाउनका कारण रोखिएका परीक्षाहरुबारे छिट्टै निर्णय गर्ने बताएका हुन् । ‘महामारीका कारण अवरुद्ध भएको कक्षा १०,११ र १२ तथा विश्वविद...

धरानको बीपीमा भर्ना भएका थप २८ जनाले जिते कोरोना

धरानको बीपीमा भर्ना भएका थप २८ जनाले जिते कोरोना
धरान : कोरोना भाइरसको संक्रमणपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका झापाका २८ पुरुष निको भएर घर फर्किएका छन् । प्रतिष्ठानमा भर्ना भएका उनीहरुको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि सोमबार राति ११ बजे डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रबक्ता डा. निदेश सापकोटाले जानकारी दिए। कोरोना जितेर घर फर्किनेमा झापको विभिन्न ठाउँका १८ देखि ५६ वर्ष उमेरका समूहका पुरुष रहेको डा. सापकोटा...