बेलबारी । भारतका विभिन्न स्थानबाट स्वदेश फर्किएका १३ जना बेलबारीका बिभिन्न वडाका नगरबासीहरु बेलबारीको होल्डिङ एरियाबाट बिदा भएर घर फर्किएका छन । त्याँहा बसुञ्जेल जनप्रतिनिधि,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र स्थानीय लगायत सबैबाट आफूहरुलाई अत्यन्तै सराहनीय व्यवहार र सहयोगी भुमिका पाएको उनीहरुले बताए । बेलबारी नगरपालिकाले खान,बस्न,सूचना र मनोरञ्जनका निम्ति फ्री वाइफाइ स्वास्थ्य तथा सुरक्षामा उच्च सतर्कता अपनाएकै कारण आफूहरुलाई खास घरबाहिर बसेको अनुभव नभएको उनीहरुको धारणा थियो ।

नगरपालिकाले स्वास्थ्य लगायत आधारभूत सुविधा दिन कन्जुस्याइँ नगरेकै कारण आफूहरुमा थप आत्मबल थपिएको साथै आफ्नै घरमा बसे झैँ अनुभूति दिनेगरी खाने बस्ने व्यवस्थापन गरेकोमा नगरपालिका र सम्बन्धित सबैलाई उनीहरुले धन्यवाद दिए। नगरपालिकाले होल्डिङ एरिया पछि पिसिआर परिक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई घर पठाएको हो । बेलबारीको क्वारेन्टाइनबाट यस अघि नै ५ जना विदा भएर गइसकेको बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताईन ।

तपाईको प्रतिक्रिया