कुवेतमा आममाफी पाएका नेपाली महिलालाई लिएर उडेका दुई जहाजमध्ये पहिलो जहाज काठमाडौं आइपुगेको छ।
अर्को जहाज साढे १ बजेभित्र आइपुग्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। दुई जहाजमा गरेर जम्मा ३ सय आममाफी पाएका महिला रहेको दूतावासले जनाएको छ।
कुवेतमा आममाफी पाएकालाई पहिलो चरणमा स्वदेश फिर्तीको अनुमति दिइएको छ। पहिलो चरणमा कुवेतबाट स्वदेश फर्कन २ हजार ९ सय ९१ जनाले प्राथमिकता पाएका छन्।
उनीहरुलाई दैनिक दुई वटा उडानमार्फत कुवेतले काठमाडौं ल्याइदिने उल्लेख गरिएको छ।























