विराटनगरमा खुकुरी प्रहार प्रकरण भारततिर भाग्न खोज्दै थिए सापकोटा
विराटनगर । विराटनगर महानगरपालिका– २ दुर्गा चोकमा आफ्नै घरका कामदारलाई खुकुरी प्रहार गरेर फरार भएका सक्षम सापकोटा नेपाल–भारत सीमा क्षेत्रनजिकबाट पक्राउ परेका छन् ।
विराटनगर–२ का अन्दाजी २८ वर्षीय सापकोटा आफ्नै घरमा काम गर्दै आएका विराटनगर–१ का ५७ वर्षीय रमेश गुप्तालाई खुकुरी हानेर फरार भएका थिए । सापकोटाले बिहीबार राति करिब ८ः३० बजेतिर गुप्तालाई खुकुरी हानेका हुन् ।
मोरङ प्रहरी प्रहरी प्रमुख एस...









