विराटनगर । विराटनगर महानगरपालिका– २ दुर्गा चोकमा आफ्नै घरका कामदारलाई खुकुरी प्रहार गरेर फरार भएका सक्षम सापकोटा नेपाल–भारत सीमा क्षेत्रनजिकबाट पक्राउ परेका छन् ।
विराटनगर–२ का अन्दाजी २८ वर्षीय सापकोटा आफ्नै घरमा काम गर्दै आएका विराटनगर–१ का ५७ वर्षीय रमेश गुप्तालाई खुकुरी हानेर फरार भएका थिए । सापकोटाले बिहीबार राति करिब ८ः३० बजेतिर गुप्तालाई खुकुरी हानेका हुन् ।
मोरङ प्रहरी प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार घाँटीमा चोट लागेका घाइतेलाई उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । सुरुमा कोशी अस्पताल लगिएकोमा त्यहाँबाट रेफर गरेर विराट नर्सिङ होम लगियो । विराटले पनि रेफर गरेपछि नोबेल पुर्याइएको हो । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।गुप्ताले सापकोटाको घरमा काम गर्ने गरेको प्रहरीको भनाइ छ । प्रारम्भिक अनुसन्धानका क्रममा सापकोटा लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ । आपसी विवादमा धारिलो हतियारले प्रहार गरेको देखिएको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया