मेष । दाम्पत्य जीवन सुखमय रहनेछ। व्यापार व्यवसायमा आफन्तहरूको सहयोग मिल्नेछ। कानुनी मामिलाहरू सुल्झिनेछन्। चिताएको कार्य सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
वृष । कार्यक्षेत्रमा सफलताको लागि संघर्ष गर्नुपर्ला। मित्रहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन । प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। नयाँ नोकरीको शुभारम्भ हुनेछ। जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिनेछ। स्वास्थ्यमा अनिन्द्राको समस्या रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट । कार्यक्षेत्रमा रोकिएको कार्य प्रारम्भ हुनेछ। आत्मबलमा वृद्धि हुनुको साथै आफन्तहरूबाट साथ र सहयोग पाइएला। नोकरी वा पेशामा कार्यकुशलताको चर्चा हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
सिंह । सामाजिक जीवनमा मानसम्मान बढ्नेछ। कार्यक्षेत्रमा दुविधामा परेमा शुभचिन्तकहरूको सहयोग मिल्नेछ। आय आर्जनका नयाँ स्रोतहरू बढ्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
कन्या । व्यापार व्यवसायमा नयाँ निर्णय लिनुभन्दा अघि मातापितासँग विचार विमर्श गर्नुहोस्। नयाँ कार्य थालिनको लागि उचित समयको प्रतिक्षा गर्नुहोला। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।
तुला । कार्यक्षेत्रमा सोचेभन्दा राम्रो सफलताले मन प्रसन्न रहनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। वाकचतुर्याइँले गर्दा कार्य सुल्झिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
वृश्चिक । वैदेशिक रोजगारबाट सफलता मिल्नेछ। भौतिक सुख सुविधामा धन खर्चका योग छन्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
धनु । विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा गुरुजनहरूको मार्गदर्शन मिल्नेछ। कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। शेयर बाजारबाट मनग्य लाभ प्राप्त होला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
मकर । सानो प्रयासले दैनिक जीवनमा बदलाव ल्याउन सक्नुहुनेछ। कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले नयाँ कार्यतर्फ अग्रसर हुनुहुनेछ। परिजनहरूको साथ र सहयोगले नयाँ उत्साह र उमंग जाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
कुम्भ । जीवन साथीको स्वास्थ्यमा ध्यान दिनुपर्ला। नयाँ पहिरन र स्वादिष्ट भोजनको आनन्द मिल्ला। छर छिमेमेकिसँग पुराना कुरालाई लिएर वादविवाद होला सावधान रहनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।
मीन । कार्यक्षेत्रमा बोलिको विपरीत अर्थ लाग्नेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कृषि वा पशुपालनबाट राम्रो लाभ आर्जन गर्न सकिएला। विद्यार्थीहरूको बौद्धिक स्तरको विकास हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।


















