बाघले लियो २६ वर्षीया महिलाको ज्यान
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ की २६ वर्षीया हीरा शाह बिहीबार बिहान घर नजिकैको खेतमा घाँस काटिरहेकी बेला उखुबारीबाट आएको बाघले पछाडिबाट झम्टिएर उखुबारीतर्फ लग्यो। बाघले करिब ५० मिटर घिसारेको छ। हिराको कपाल लुछिएको क्षतबिक्षत शव दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। हीरा र मीना देउरानी जेठानी सँगै बस्छन्। कलिलो उमेरै परिवारको सदस्य हीरा गुमाएपछि परिवार अहिले विक्षिप्त छ। दुई व...