इलाका प्रहरी धरानका दुई हवल्दारलाई कारबाही
धरान : इलाका प्रहरी कार्यालय धरानका २ जना प्रहरी हवल्दारलाई प्रहरी आचारसंहिता विपरीत कार्य गरेकामा आन्तरिक कारबाही गरिएको छ ।
कारबाहीमा पर्ने प्रहरी हल्वदार जीवन राई र प्रहरी हवल्दार हेमराज सुवेदी छन् । उनीहरूलाई आन्तरिक कारबाही भई हिजो सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरी कार्यालय इनरुवा सरुवा गरिएको छ ।
यसबारे इलाका प्रहरी धरानका डिएसपी मानबहादुर राईलाई सम्पर्क गर्दा आफूलाई केही थाहा नभएको...