नेपाली बजारमा साताको तेस्रो कारोबार दिन आज (मंगलबार) सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुन १ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १०० रुपैयाँ घटेको हो ।

यस दिन छापावाला सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले उल्लेख गरेको छ । तेजाबी सुनको मूल्य पनि १०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो दिन चाँदी तोलाको १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी तोलाको १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २५ हजार १७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २४ हजार ५६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४९२ रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया