रीले भारतबाट अवैधरुपमा भन्सार  छली ल्याएको तोरीसहित  एकजनालाई पक्राउ गरेको छ।  बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ८ स्थित कोठिया गाउँबाट भे १ त १३७८ नम्बरको ट्रयाक्टरमा भन्सार छली भारतबाट तोरी ल्याएको आरोपमा गुलरिया नगरपालिका वडा नम्बर १० बस्ने ३० वर्षीय शिवराज यादवलाई ट्याक्टरसहित नियन्त्रणमा लिएको हो ।

अन्दाजी ५ लाख ८० हजार बजार मुल्य बराबरको १ हजार ८ सय किलोग्राम अवैध तोरीसहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक कुशल सिंह ठकुरीले जानकारी दिए । यादव,ट्रयाक्टर  र बरामद तोरी राजापुर भन्सार कार्यालय बर्दियामा बुझाइएको उनले बताए ।

पछिल्लो समय सीमाबाट हुने चोरी पैठारी नियन्त्रणमा कडाइ गरिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया