अख्तियार प्रमुख राईलाई राजीनामा दिन ‘जेनजी’को दबाब
काठमाडौँ । ‘जेनजी’को एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेमकुमार राईलाई पदबाट राजीनामा दिन दबाब दिएको छ । जेनजी मुभमेन्ट अलायन्सले राईसहित सबै आयुक्तलाई राजीनामा दबाब दिएको हो ।
उक्त अलायन्समा आबद्ध व्यक्तिहरू मङ्गलवार (असोज २१) बिहान कार्यालय समय सुरु हुने बित्तिकै काठमाडौँको टंगालस्थित अख्तियार मुख्यालय पुगेका थिए । उनीहरूले राईको राजीनामाको मागसहित निवेदन दर्ता गर...










