आज साँझसम्म ‘मोन्था’को प्रभाव रहने, यी प्रदेशमा हुनेछ भारी वर्षा
काठमाडौँ : बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा आज साँझसम्म पर्ने भएको छ ।
हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको र उक्त प्रणालीको कारणले नेपालको मौसम आज साँझसम्म प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
साँझबाट मौसममा क्रमिक रूपमा सुधार हुनेछ । नेपालमा हाल पश्चिमी बायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहे...











