मन्त्रिपरिषद् पुनर्गठनमा ओलीको तयारी, देउवाको आलटालले ढिलाइ
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ गठबन्धनमा सहभागी दलहरूबिच सहमति जुटिसक्दा पनि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको रहस्यमय ‘आलटाल’का कारण पुनर्गठन प्रक्रिया अघि बढ्न सकेको छैन ।
सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा मन्त्रीहरूलाई फेर्ने सहमतिअनुसार ओलीले पुनर्गठनको पहल थालेका हुन् । गत असार महिनादेखि नै उनले देउवासँग पटक...









