काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ८ प्रस्ताव पारित गरेकाे छ । सोमबार र मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले ८ वटा प्रस्ताव पारित गरेको हो ।
बैठकले एमालकाे राजनीतिमा सक्रिए हुने घाेषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई रोक्ने गरी निर्णय गरेको छ । भण्डारीको पार्टी सदस्यता नवीकरण र सक्रिय हुने विषयमा गम्भीर ध्यानाकर्षण गराएको भन्दै एमालेले राेक्ने भएकाे हाे ।दैलेखमा मिथेन ग्याँस भण्डारण भएको पुष्टि भएको, श्रमिकहरूको ज्याला बढेको, राजावादीहरुको आन्दोलन असफल भएको, सहकारीमा भएको बेथेतिको सम्बोधन भइरहेकोले नागरिकमा आशा बढैको एमालेको निष्कर्ष निष्कर्ष छ ।एमालेले नेपाली कांग्रेससँग भएको ७ बुँदे सहमतिलाई दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दै सरकारलाई प्रभावकारी बनाउन गठबन्धनका दलहरुलाई आह्वान पनि गरेको छ ।


















